१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ४ आइतबार १o:१४:oo
Read Time : < 1 मिनेट
समाचार

सशस्त्र प्रहरीका असइद्वारा सगरमाथा आरोहण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार १o:१४:oo

सशस्त्र प्रहरी सहायक निरीक्षक (असइ) दन्तबहादुर छत्यालले  विश्वको सर्वाेच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । आइतबार बिहान ९ः२० बजे उनी सगरमाथाको चुचुरोमा पुगेको समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत र वाङ्दी शेर्पाले जानकारी लिए। 

सगरमाथा शिविरमा उनले ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा फहराएका छन्। 

सहायक निरीक्षक छत्यालले वैशाख २२ गते ६ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई, पहाड, हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देशसहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झन्डा लिई सगरमाथा आरोहणका लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

उनलाई वैशाख १४ गते प्रधानमन्त्री केपी ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाइ गरेका थिए। 

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बगलामुखी विशेष कार्यदल गण हल्चोकमा कार्यरत छन्।

 सगरमाथा आरोहण गर्ने उनी सशस्त्र प्रहरी बलका दोस्राे कर्मचारी हुन्। यसअघि गत वर्ष इन्स्पेक्टर सुरज पौडेलले सगरमाथा आरोहण गरेका थिए।