
एनआइसी एसिया लघुवित्तले किसानलाई कुखुरापालन तालिम दिएको छ । लघुवित्तको लुम्बिनी प्रदेशअन्तर्गतको शमशेरगन्ज शाखाले दुईदिने आधारभूत कुखुरापालन तालिम दिएको हो । विपन्न वर्गको उत्थानका लागि आयोजित कार्यक्रम ३० देखि ३१ वैशाखसम्म चलेको थियो ।
कार्यक्रममा शमशेरगन्ज शाखाप्रमुख मधु शाह, पशु विकास अधिकृत पूर्णबहादुर खत्री, अनुगमन अधिकृत बुद्धिराम चौधरीको उपस्थिति रहेको थियो । तालिमबाट २८ जना सदस्य लाभान्वित भएको बताइएको छ । तालिममा सहभागी सबैलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।