१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ४ आइतबार
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ४ आइतबार २३:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएलको प्ले अफमा पुग्ने पहिलो टिम बन्यो गुजरात, दिल्ली १० विकेटले पराजित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ४ आइतबार २३:२३:oo

गुजरात टाइटन्स आइपिएल–२०२५ को प्लेअफमा पुगेको छ। आइतबार बेलुका भएको खेलमा गुजरातले दिल्ली क्यापिटललाई सहजै पराजित गर्‍यो। 

दुई सय रनको लक्ष्य पाएको गुजरात १० विकेटले विजयी भएको हो। शुभमन गिल र साइ सुदर्शनबिचको उत्कृष्ट साझेदारीमा १९ ओभरमै गुजरातले लक्ष्य भेटाएको हो। खेलमा सुदर्शनले सतक समेत प्रहार गरे। यो जितसँगै गुजरात प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ। १२ खेलमा नौ जितका साथ गुजरात अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। 

यो हारसँगै दिल्लीको प्ले अफ सम्भावना कमजोर बनेको छ। 

१२ खेलमा ६ खेल जितेको दिल्ली १२ अंकसहित पाँचौं स्थानमा छ।  

यो खेलको नजितासँगै आइपिएलको प्लेअफमा पुग्ने तीन टिमको टुंगो लागेको छ।  बैंगलोर र पञ्जाब पनि प्लेअफमा पुग्ने निश्चित भएको छ। बाकी एक स्थानका लागि मुम्बइ, दिल्ली र लखनउबिच प्रतिस्पर्धा हुनेछ।