१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
Invalid date format o७:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्व टेस्ट च्याम्पियनले ३० करोड पाउने 

अघिल्लो दुई संस्करणको तुलनामा यसपटक पुरस्कार राशि दोब्बर बनाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२२:oo

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्व टेस्ट च्याम्पियनसिप २०२३–२५ को फाइनलिस्टका लागि पुरस्कार राशि घोषणा गरेको छ । फाइनलिस्टको कुल पुरस्कार राशि ५.७६ मिलियन अमेरिकी डलर अर्थात् ४९.२७ करोड नेपाली रुपैयाँ रहेको छ ।

आइसिसीले यसपटक पुरस्कार राशिमा अघिल्लो दुई संस्करणको तुलनामा दोब्बरले वृद्धि गरेको हो । विजेता टोलीले ३.६ मिलियन अमेरिकी डलर अर्थात् ३०.८ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछ । सन् २०२१ र २०२३ को विजेताले १.६ मिलियन डलर पाएको थियो । 

इंग्ल्यान्डको लड्स मैदानमा ११ देखि १५ जुनसम्म दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच उपाधि भिडन्त हुनेछ । उपविजेताले २.१६ मिलियन अमेरिकी डलर अर्थात् १८.५ करोड नेपाली रुपैयाँ पाउनेछ । अघिल्लो संस्करण तुलनामा यसपटक उपविजेता टोलीको पुरस्कार राशि आठ लाख अमेरिकी डलर बढाइएको छ । दक्षिण अफ्रिकाले अंक तालिकामा शीर्ष स्थान रहँदै अन्तिम दुई स्थान पक्का गरेको थियो ।

दक्षिण अफ्रिकाले फाइनल सुरक्षित गर्ने क्रममा पाकिस्तान, वेस्ट इन्डिज, बंगलादेश र श्रीलंकालाई हराएको थियो । दक्षिण अफ्रिकाले भारतसँगको घरेलु शृंखला बराबरीमा सकाएको थियो । दक्षिण अफ्रिकाले पहिलोपटक फाइनलमा स्थान बनाएको हो । अस्ट्रेलिया लगातार दोस्रोपटक फाइनल पुगेको हो ।