
स्याङ्जा जिल्लाको बिरुवा र अर्जुनचौपारीमा बुधबारबाट दुई नयाँ शाखा कार्यालय सञ्चालनमा आएको छ । बिरुवा शाखाको उद्घाटन गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र बैंकका अध्यक्ष दिलीपप्रताप खाणले संयुक्त रूपमा गरेका छन् ।
त्यसैगरी, अर्जुनचौपारी शाखाको उद्घाटन गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाणले संयुक्त रूपमा गरेका हुन् । सञ्चालनमा आएका नयाँ शाखाबाट स्थानीय बासिन्दा, व्यावसायिक कम्पनी तथा अन्य संघ–संस्थालाई सेवाप्रवाह हुने बैंकले जनाएको छ ।