Skip This
बाढीमा बेपत्ता महिलाको खाेजीमा तालिमप्राप्त कुकुर परिचालन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
इन्द्रबहादुर थापा काभ्रेपलान्चोक
२o८२ जेठ १ बिहीबार १o:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीमा बेपत्ता महिलाको खाेजीमा तालिमप्राप्त कुकुर परिचालन

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलान्चोक
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १o:४७:oo

गत सोमबारबाट बाढीले बगाएर बेपत्ता महिला अहिलेसम्म फेला परेकी छैनन् । आज बिहीबारदेखि तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्य भएको हो । सोमबार आएको वर्षापछि आएको खोल्साको बाढीले काभ्रेपलाञ्चाेक जिल्लाको पनौती नगरपालिका– ५, सुब्बागाउँकी २८ वर्षीया रेणुका गिरीलाई बगाएको थियो ।

बाढीमा बगेर बेपत्ता भएको आज चार दिन भएको छ। वैशाख २९ गते खेतमा काम गरेर घर फर्किँदै गर्दा उनलाई घरनजिकैको खोल्साजस्तो खहरे खोलाले बगाएको थियो । घटनापछि स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले खोजी जारी राखेका छन्। बुधबार लड्केश्वर, पिपलटारसम्म खोजी गर्दा पनि गिरीको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए। आज बिहीबार चौथो दिनदेखि प्रहरीले खाेजीकार्यमा तालिमप्राप्त कुकुर पनि  परिचालन गरेको जनाएकाे छ ।

काभ्रेमा वैशाख २९ गते मध्यमखालको वर्षापछि आएको बाढीले पनौती र रोशीमा सडक, खानेपानी तथा कृषि क्षेत्र प्रभावित भएको छ ।