१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २७ शनिबार १३:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपसभामुख राना बंगालादेश भ्रमणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २७ शनिबार १३:४o:oo

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर ६ दिने भ्रमणका लागि शनिबार बिहान बंगालादेश  प्रस्थान गरेकी छिन्।  बंगालादेशको राजधानी ढाकामा हुने पत्रकार महिलाको सम्मेलनमा सहभागिताका लागि उपसभामुख राना बंगालादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् ।

इनिसिएटिभ्स अफ मिडिया वुमन नेपालले बंगलादेशस्थित नेपाली दूतावास र संयुक्त परिषद् संगको सहकार्यमा  वैशाख २८ मा आयोजना गरेको  कार्यक्रममा उपसभामुख रानाले प्रमुख बक्ताको रुपमा सम्बोधन गर्नेछिन् । उनले कार्यक्रममा पछिल्लो समयमा मिडियाका क्षेत्रकादेखि साझा समस्या र चुनौती, सामाजिक तथा  सांस्कृतिक दृष्टिकोण र दक्षिण एसियाभरि जिम्मेवार पत्रकारितामा महिलाको निर्णायक भूमिकामा केन्द्रित रहेर संवोधन गर्ने कार्यक्रम छ । 

उपसभामुख राना जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।