
राष्ट्रिय सभाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत फेला परेकी प्रेसा साहको घटनाको निष्पक्ष छानबिन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।
आइतबारको राष्ट्रिय सभाको बैठकमा आकस्मिक र शून्य समयमा उठाएका विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारलाई निर्देशन दिएका हुन् ।
सर्लाहीको कविलासी नगरपालिका– ८, कविलासी चोकनिवासी श्यामप्रसाद साहकी २० वर्षीया छोरी प्रेसा गत बिहीबार बेलुका कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।