१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका कपिलवस्तु
२o८२ बैशाख २१ आइतबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नीलगाई मारेको आरोपमा कपिलवस्तुबाट हतियारसहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १८:o५:oo

संरक्षित वन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तुमा एकजना पक्राउ परेका छन्। शिवराज नगरपालिका– २ का फरहान खानलाई हतियारसहित पक्राउ गरेको कपिलवस्तु प्रहरीले बताएको छ।

गएराति १ बजेतिर स्थानीयको सहयोगमा खान पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी उदरपुरको टोलीले उनलाई महाराजगन्ज–६, सानो बुटहनियास्थित उखुबारीबाट सिकारको बन्दोबस्तीका सामानसहित नियन्त्रणमा लिएको हो।

बा १७ च ८९० नम्बरको हाइलक्स गाडी, युपी ५५ आर ६१७६ नम्बरको पिकअप, लु ५० प ४१२ नम्बरको मोटरसाइकल तथा एक भारतीय मोटरसाइकलसहित उनी पक्राउ परेकाे प्रहरीले जनाएको छ। खानको झोलाबाट प्रहरीले ६ थान गोली, चक्कु र अन्य सामग्री पनि बरामद गरेको छ।

प्रहरीले मरेको नीलगाई, सिकारमा प्रयोग भएका सवारीसाधन, गोली तथा अन्य सामग्री गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।

संरक्षित वन्यजन्तु मारेको आरोपमा पक्राउ परेका खानको विषयमा अदालतबाट थप म्याद गरी अनुसन्धान भैरहेको गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटाका प्रमुख राजु क्षेत्रीले जानकारी दिए।