१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २० शनिबार
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २० शनिबार o८:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

जयकुमारनाथ क्रिकेट सोमबारबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २० शनिबार o८:५७:oo

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जयकुमारनाथ शाह मेमोरियल यू–१६ टी–२० अन्तरस्कुल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण २२ देखि २९ वैशाखसम्म हुने भएको छ । नेपाली क्रिकेटको विकासमा अतुलनीय योगदान दिएका नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको नाममा आयोजना गरिन लागिएको यो प्रतियोगिता गत वर्षदेखि सुरु भएको हो । 

प्रतियोगिता पहिलो दिन काठमाडौंको मूलपानी क्रिकेट मैदान (तल्लो र माथिल्लो) र त्रिवि क्रिकेट मैदानमा खेल हुनेछन् । यसैगरी, दोस्रो दिनदेखि त्रिवि मैदान र मूलपानी (तल्लो)मा हुने आयोजकले जनाएको छ । यो प्रतियोगितालाई एसिसी मेन्स यू–१६ ‍इस्ट जोन कप २०२५ छनोटका रूपमा लिइएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौं जिल्लाको टोलीमा समावेश गर्दै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर दिइने आयोजकले जनाएको छ । 

पहिलो संस्करणमा १६ विद्यालयले सहभागिता जनाएका थिए । यसपटक २१ विद्यालय सहभागी हुने भएका छन् । सहभागी विद्यालयलाई सात समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र एक उत्कृष्ट दोस्रो टोलीले क्वार्टरफाइनलको यात्रा तय गर्नेछन् । कुल २८ खेल हुने प्रतियोगिताको विजेताले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट ब्याटर, बलर र उदीयमान खेलाडीलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।