१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
Invalid date format १५:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी बौद्ध विश्वविद्यालयमा राष्ट्रिय मुटकोर्ट प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२o:oo

लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ लको आयोजनामा पहिलो राष्ट्रिय मुटकोर्ट प्रतियोगिता सुरु भएको छ।

विद्यार्थीहरूमा अदालती अभ्यासको सिकाइ अभिवृद्धिका लागि देशव्यापी मुटकोर्ट प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा नेपालका नौ विश्वविद्यालयका १६ वटा कानुन विषय अध्यापन हुने शैक्षिक संस्थाका विद्यार्थीहरूको सहभागिता रहेको छ।

स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीहरू सहभागी हुने गरी मुटकोर्ट प्रतियोगिता आयोजना गरिएको विश्वविद्यालयअन्तर्गत स्कुल अफ लका निर्देशक प्रकाशमणि शर्माले जानकारी दिए। प्रतियोगिताले सैद्धान्तिक ज्ञान लिइरहेका विद्यार्थीलाई अदालती अभ्यासमा दक्ष बनाउने अपेक्षा गरिएको छ।

स्कुल अफ लका अनुसार प्रतियोगितामा लुम्बिनी बौद्ध विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालयका क्याम्पसहरूको सहभागिता छ।

बुटवलस्थित सिटी क्याम्पसमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा सर्वाेच्च, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू मूल्यांकनकर्ता रहेको छन्।

मानविकी तथा सामाजिकशास्त्र संकायका डिन डा. हरिशरण चखुँले प्रतियोगिता तीन दिनसम्म चल्ने बताए। प्रतियोगितामा ६४ विद्यार्थीको सहभागिता रहेको छ। विद्यार्थीहरूले बहस, तथ्य प्रमाण पेसका आधारमा मुटकोर्टका न्यायाधीशले गर्ने मूल्यांकनबाट अघिल्लो चरणमा प्रवेशको मौका पाउनेछन्।