१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १८ बिहीबार
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १८ बिहीबार १४:३६:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘शिवांशः च्याप्टर १’ को निर्माण घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १८ बिहीबार १४:३६:oo

नेपाली चलचित्र ‘शिवांशः’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। निर्माण पक्षले बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवांशः च्याप्टर १’ निर्माणको घोषणा गरेको हो।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन सन्तोषकुमार आत्रेयले गर्नेछन्। यो उनको डेब्यु निर्देशकीय सिनेमा हो।

चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् भने विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारहरूको पनि अभिनय रहनेछ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन्, जो यसका निर्माता पनि हुन्। सहनिर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। पटकथा भने बारत लिम्बूले तयार पारेका छन्।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन्। अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने आभास हुन्छ। पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले चलचित्र शक्ति संघर्षमा आधारित रहेको संकेत गर्छ। तर, कथावस्तुबारे निर्माण पक्षले थप विवरण सार्वजनिक गरेको छैन।

चलचित्रमा न्ह्यु बज्राचार्य र राजनराज सिवाकोटीको संगीत रहनेछ। गीतलेखनमा राजनराज सिवाकोटी र विप्लव प्रतीक छन्। स्वर राजनराज सिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहनेछ।

यो चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन हुनेछ भने नृत्य निर्देशन विक्रम चौहानले गर्नेछन्। सिनेमाटोग्राफी सरद महतोको रहने चलचित्रको मुख्य सहायक निर्देशक बारत लिम्बू हुन्। स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती तथा कार्यकारी निर्माता सशम्भू थापा छन्।

विराज खड्का भिएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा आदेश सुब्बा भिएफएक्स प्रोड्युसरको भूमिकामा रहनेछन्। कस्ट्युम कमल मिश्रले तयार गर्नेछन् भने मेकअप आर्टिस्ट (एमयूए) तुलसा लिम्बू हुनेछिन्।

पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका हुन् भने आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी रहेका छन्। प्रोडक्सन म्यानेजरको रूपमा मिलन मानन्धर रहनेछन्।

‘शिवांशः च्याप्टर १’ आउँदो असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको पोस्ट–प्रोडक्सन कार्य चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डिसिएन)ले लिएको छ।