१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसपिजी अटोमोबाइल्स ‘ग्लोबल डिलर कन्फरेन्स २०२५’मा ‘इभी पायोनियर अवार्ड’द्वारा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२o:oo

चेरि ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स ‘चेरी इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’मा ‘इभी पायोनियर अवार्ड’द्वारा सम्मानित भएको छ । चीनको आन्हुई प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा आयोजित कार्यक्रममा चेरी होल्डिङ ग्रुप कम्पनीका उपाध्यक्ष सु हुईले एसपिजी अटोमोबाइल्सका निर्देशन गौरव शारडालाई सो अवार्ड हस्तान्तरण गरेका थिए ।

१२० भन्दा बढी देशका तीन हजारभन्दा बढी डिलरको सहभागिता रहेको अन्तर्राष्ट्रिय सम्मेलनले अटोमोबाइल क्षेत्रका उपलब्धि प्रदर्शन गर्ने तथा विभिन्न रणनीतिक विचार अन्तर्राष्ट्रिय साझेदारसँग आदानप्रदान गर्ने अवसर प्रदान गर्‍यो । सम्मेलनमा वुहु नगरपालिका सरकारका वरिष्ठ अधिकारीहरू, चेरी इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत यिन तोङयुए, र चेरी इन्टरनेसनलका महाप्रबन्धक झाङ गुइबिङआदिको विशिष्ट उपस्थिति रहेको थियो । 

एसपिजी अटोमोबाइल्सलाई नेपालमा ओमोडा एन्ड जेइकोको विद्युतीय सवारीसाधनको उपस्थितिलाई सफलतापूर्वक स्थापित गर्नमा उल्लेखनीय बजार पर्फर्मेन्सका लागि यो ‘इभी पायोनियर अवार्ड’ प्रदान गरिएको हो ।

ओमोडा एन्ड जेइकोले सन् २०२४ मा नेपालमा ‘ओमोडा ई–फाइभ’ इभी सार्वजनिक गर्दै आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको थियो । ‘एसपिजी अटोमोबाइल्सले पहिलो वर्षमै नेपालमा ८०० भन्दा बढी ओमोडा र जेइकोका गाडी सफलतापूर्वक बिक्री गरी उल्लेखनीय उपलसब्धि हासिल गरेको छ ।