१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:१८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सगरमाथा संवादलाई राष्ट्रिय गौरवको विषय बनाउन काउन्सिलको पहल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:१८:oo

आगामी २–४ जेठसम्म हुन लागेको सगरमाथा संवादलाई राष्ट्रिय गौरवको विषय बनाउन प्रेस काउन्सिल नेपालले पहल थालेको छ । सगरमाथा संवादलाई अन्तर्राष्ट्रियस्तरमा समेत चासोको विषय बनाउन सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी कसरी बनाउने भन्नेबारे बुधबार काउन्सिलले सम्बद्ध पत्रकारसँग सुझाव लिएको हो ।

विश्वमै जलवायु परिवर्तनबाट परेको प्रभाव असर कारण र मानवजातिको भूमिकाबारे नेपालले अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद कार्यक्रम गर्न लागेको हो । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारले सम्प्रेषण गर्ने विषयवस्तु प्रभावकारी हुन सके नेपालको प्रयास सफल हुने विश्वास व्यक्त गरे ।

वातावरण तथा जलवायुको क्षेत्रमा कलम चलाइरहेका पत्रकारबाट सुझाव संकलन गरी सरकारलाई सगरमाथा संवाद कार्यक्रम विश्वव्यापी बनाउन चाल्नुपर्ने कदमबारे रणनीतिक सुझाव दिइने उनले बताए ।

‘जलवायु परिवर्तनका विषयमा सरकार, सञ्चारमाध्यम र पत्रकारलाई एक ठाउँमा राखेर काम गर्न काउन्सिलले पुलको काम गर्छ,’ उनले भने, ‘नेपालका हिमालयदेखि समुद्री सतहसम्मका समस्या नेपालका मात्र नभई विश्वकै हुन्, यी विषय सगरमाथा संवादमा उठ्नुपर्छ ।’ पत्रकार कमलदेव भट्टराई, रमेश भुसाल र श्रीराम सुवेदीले नेपाली सञ्चारमाध्यमले घटनाप्रधान र विषयवस्तुप्रधान जानकारी आममानिससमक्ष पुर्‍याउन सक्नुपर्ने बताए ।