मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ बैशाख १३ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख १३ शनिबार १५:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बानेश्वरमा एमाले संसदीय दलको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख १३ शनिबार १५:२६:oo

नेकपा एमाले संसदीय दलको बैठक केहीबेर अघिदेखि बसिरहेको छ। संघीय संसद्को बजेट अधिवेशन सुरु भइसकेकोमा एमालेले सरकार र संसद् सञ्चालन, सत्तागठबन्धन र सरकारका कामकारबाहीका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो। 

संघीय संसद् भवनको ल्होत्से हलमा बसिरहेको बैठकमा प्रधानमन्त्री एवं पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीसहित नेताहरू सहभागी छन्।

बैठकमा २५ दिनदेखि जारी शिक्षक आन्दोलन र संसद्‌मा विचाराधीन शिक्षा विधेयकका विषयमा समेत छलफल हुनेछ। छलफलको क्रममा विधेयक र बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे बैठकमा छलफल हुने नेताहरूले जनाएका छन्।