१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १२ शुक्रबार १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार १४:४६:oo

राष्ट्रिय सभाको आजको बैठक शोक प्रस्ताव परित गरी स्थगन गरिएको छ । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको निधन सम्बन्धमा अध्यक्ष दाहालले प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेसँगै सभा स्थगन गरिएको हो । यसअघि स्व. बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता स्व. बोहरा संविधानसभा सदस्य पनि थिए । उनी  रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको संसदमा निर्वाचित भएका थिए । अध्यक्ष दाहालले भने, ‘वि.सं. २००७ चैत १८ गते जन्मिएका प्रतिनिधिसभा सांसद बोहराको ७४ वर्षको उमेरमा गत चैत १९ गते निधन भएकामा राष्ट्रिय सभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ ।’

सभाको अर्को बैठक वैशाख १४ गते आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ । सभाध्यक्ष नारायणप्रसाद दाहालले सभाको १८औँ अधिवेशनको पहिलो बैठकमा सदस्यलाई स्वागत गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।