मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ५ शुक्रबार १४:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार १४:५५:oo

११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको भन्दै सामाजिक सञ्जालमा एउटा सूचना प्रेषित भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा शुक्रबार जारी उक्त ‘सूचना’मा अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको भनिएको छ।

तर, बोर्डले भने परीक्षा स्थगितबारे कुनै निर्णय नगरेको प्रतिक्रिया दिएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले यसबारेमा कुनै निर्णय नगरिएको प्रस्ट पारेका छन्।

बोर्डले आधिकारिक सूचनासमेत जारी गर्दै उक्त विषयमा ध्यानाकर्षण भएको जनाएको छ। अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने माथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाउँदै बोर्डले आधिकारिक वेबसाइटमार्फत् प्रवाह हुने सूचनामा मात्रै भर पर्न आग्रह गरेको छ।