१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा एक करोडबराबरको तस्करीका सामान बरामद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५७:oo

सशस्त्र प्रहरी बल झापाले एक करोडभन्दा धेरै मूल्यबराबरको तस्करीको सामान बरामद गरेको छ। मेचीनगर नगरपालिका–६, झिल्केघाम टोलको २ वटा घरमा मंगलबार छापा मारे ५९ बोरा लत्ताकपडा र मोटर पार्टस् बरामद गरेको हो। 

 सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा र राजस्व अनुसन्धान कार्यालय इटहरीको संयुक्त टोलीले ती सामान बरामद गरेको हो। 

विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले चेकजाँच गर्दा सोही ठाउँ बस्ने मदन पोख्रेलको घरबाट ३९ बोरा तथा उत्तम ठकुरीको घरबाट २० बोरा लत्ताकपडा तथा मोटर पार्ट्स बरामद भएको  हो। ती दुई  घरमा ठुलो परिमाणमा अवैध सामान रहेको सूचना पाएपछि मंगलबार बिहानैबाट नम्बर २ गण झापाबाट डिएसपीको कमान्डमा टोली खटाएर निगरानी गरी दिउँसो छापा मारेको थियो। 

बरामद लत्ताकपडा र मोटर पार्टस् आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डिआइजी कुमार न्यौपानेले बताए। बरामद सामान करिब एक करोडबराबरको भएको उनी बताउँछन्।