मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ चैत १० आइतबार
  • Friday, 28 August, 2026
२o८१ चैत १० आइतबार २१:३८:oo
Read Time : < 1 मिनेट
समाचार

वडाध्यक्षमाथि कुटपिटको घटनामा वरिष्ठ सइसहित सातजनाविरुद्ध पक्राउ पुर्जी जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १० आइतबार २१:३८:oo

पर्साको वीरगन्ज महानगरपालिका– २५ का वडाध्यक्षमाथि कुटपिटको घटनामा दुई प्रहरीसहित सातजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। वीरगन्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि एक भोजमा निर्घात कुटपिट भएको घटनामा ज्यान मार्ने उद्योग मुद्दामा  पक्राउ पुर्जी जारी भएको हो। 

कुटपिटमा संलग्न वरिष्ठ सइ सागरशमशेर जबरा, प्रहरी जवान दीपेश क्षेत्री, वीरगन्जकै वडा नम्बर १० का अध्यक्ष सुशील साह कानुलगायतविरुद्ध शुक्रबार किटानी जाहेरी दर्ता भएकोमा आइतबार अदालतले पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी भएका वरिष्ठ सइ राणा काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन्। उनी लामो समय पर्सा तराईका जिल्लामा घुुमुवाका रूपमा काम गरेका थिए। 

गत २९ फागुनको राति डायमन्ड पार्टी प्यालेसमा उनीमाथि कुटपिट भएको थियो। स्रोतका अनुसार तस्करीसम्बन्धि लेनदेन विवादमा कुटपिट भएको हो। 
पर्साका एसपी गौतम मिश्रले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान अघि बढाइएको बताएका छन्।