१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
रासस लन्डन
Invalid date format १३:४२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

Read Time : < 1 मिनेट
रासस, लन्डन
नयाँ पत्रिका
Invalid date format १३:४२:oo

शुक्रबार बिहान लन्डनको पश्चिममा रहेको विद्युतीय सबस्टेसनमा ठुलो आगलागी भएपछि युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहान बन्द गरिएको अधिकारीहरूले बताएका छन्।

उडान–ट्र्याकिङ वेबसाइट फ्लाइटराडार–२४ का अनुसार केही उडान पहिले नै मोडिएका थिए भने विमानस्थल अधिकारीहरूले ‘आगामी दिनहरूमा महत्त्वपूर्ण अवरोधको अपेक्षा’ गरेका छन्।

‘हिथ्रोले महत्त्वपूर्ण विद्युत् कटौतीको अनुभव गरिरहेको छ,’ विमानस्थल अपरेटरले आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा भनेको छ, ‘यो शुक्रबार मध्यरातसम्म बन्द हुनेछ, विमानस्थल पुनः नखुलेसम्म यात्रुहरूले कुनै पनि परिस्थितिमा विमानस्थलमा यात्रा गर्नुहुँदैन।’

लन्डन फायर ब्रिगेडले लन्डन बरोको हिलिङडन सहरको सबस्टेसनमा ‘उल्लेखनीय’ आगलागी भएको बताएको छ।

‘आगलागीले ठुलो संख्यामा घर र स्थानीय व्यवसायलाई असर गर्ने विद्युत् कटौती निम्त्याएको छ र हामी अवरोधलाई कम गर्न हाम्रा साझेदारहरूसँग मिलेर काम गरिरहेका छौँ,’ सहायक आयुक्त प्याट गलबोर्नले भने।

पर्थबाट आउने क्वान्टास उडान पेरिसको चार्ल्स डे गलमा मोडिएको थियो भने न्युयोर्कबाट युनाइटेड एयरलाइन्सको उडान आयरल्यान्डको श्यानोनमा अवतरण भएको थियो। हिथ्रोले वर्षमा आठ करोडभन्दा बढी यात्रुको व्यवस्थापन गर्दछ।