मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिदेसिने नाममा गलत बाटो रोज्‍नु राम्रो होइन : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

प्रधानमन्त्री केपी ओलीले बिदेसिने नाममा गलत बाटो रोज्‍नु राम्रो नहुने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा उनले नेकपा एमालेकी सांसद भगवती चौधरीको प्रश्नको जवाफ दिने क्रमा यस्तो बताएका हुन् ।

‘ठुलो संख्यमा बाहिर जाने भन्ने प्रश्न छ, खेत छ उत्पादन गर्न छाडेर बाहिर जानु, तल्लो बाटो भएर अमेरिका जानु र निष्कासित भएर आउनु उचित होइन,’ उनले भने, ‘चेतनाको कमी छ, चेतना वृद्धि गर्न जरुरी छ । केही पनि भएन भन्ने भाष्य बनाउन खोजिएको छ, त्यसले कलिलो मस्तिष्कमा निराशा भाव फैलिएको छ ।’