१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पिएनओको मुद्दा सम्बोधन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:२८:oo

पिपुल्स अफ नेपाली ओरिजिन (पिएनओ)को मुद्दालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । थाइल्यान्डमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए)को पिएनओकेन्द्रित दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दोस्रो विश्वयुद्धपछि विभिन्न देशहरूमा बसोवास गरिरहेका नेपालीको विषयमा सरकार सचेत रहेको बताएका हुन् ।

‘कतिपय स्थायी रूपमा विदेशमै बसोवास गरिरहेका छन् भने केही अस्थायी रूपमा पेसा वा व्यवसायमा संलग्न छन्, उनीहरूलाई सम्बोधन गर्न जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस परिप्रेक्ष्यमा के–कस्ता नीति लिनुपर्छ, सरकारले के अपेक्षा राख्न सक्छ, गैरआवासीय नेपालीले आफ्नो मातृभूमिलाई के योगदान दिन सक्छन् र नेपालले उनीहरूबाट के–कस्ता अपेक्षा गर्न सक्छ भन्ने विषयमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।’ 

सम्मेलनले गैरआवासीय नेपालीलाई आफ्नो पैतृक थलो पत्ता लगाउन मद्दत गर्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे । ‘विशेष गरी कम्बोडिया, म्यानमार, थाइल्यान्ड, मलेसियाजस्ता देशहरूमा रहेका नेपालीको मूल थलो पत्ता लगाउन कठिनाइ भइरहेको छ,’ उनले भने, ‘यो सम्मेलनले पिएनओहरूलाई आफ्नो मूल थलो पत्ता लगाउन मद्दत गर्ने विश्वास छ ।’