१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format o९:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा शान्तिपूर्ण रूपमा मतदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format o९:o३:oo

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे मतदान सुरु भएको छ । आज बिहान ८ बजेदेखि त्रिविका आंगिक ६२ सहित चार सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे नयाँ नेतृत्व छान्न मतदान सुरु भएकाे हाे । अधिकांश क्याम्पसमा शान्तिपूर्ण रूपमा मतदान हुँदै छ ।

हाल १०७ वटा क्याम्पसमा निर्विरोध सभापति चुनिएका छन् । अनेरास्ववियु ४०, नेविसंघ ३५, अखिल क्रान्तिकारी ३० र एकीकृत समाजवादीनिकट अनेरास्ववियूका दुईजना सभापति चुनिएका हुन् । बाँकी क्याम्पसमा  चुनावबाट नेतृत्व चयन हुनेछ । 

ठुला क्याम्पसमा विद्यार्थी नेताकै अवरोध र विवादका कारण चुनाव स्थगित भएको छ । ६२ मध्ये १३ आंगिक क्याम्पसमा चुनाव नहुने भएको हो । उपत्यकाभित्र विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी, शंकरदेव, पब्लिक युथ, नेपाल ल र विश्वभाषामा मंगलबार चुनाव हुनेछैन ।

उपत्यकाबाहिर बुटवल बहुमुखी क्याम्पस, सुर्खेत बहुमुखी, भैरहवा बहुमुखी, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, पक्लिहवा बहुमुखी क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस र कृषि क्याम्पस खैरहनीमा चुनाव स्थगित भएको छ । १३ क्याम्पसमा कुनैमा तोडफोड र कुनैमा तालाबन्दी छ ।

समयमै मतदान सुरु नगरेको भन्दै बानेश्वर क्याम्पसमा विवाद
समयमै मतदान सुरु नगरेको भन्दै बानेश्वर क्याम्पसमा विवाद उत्पन्न भएको छ । निर्वाचन समितिले सर्वपक्षीय बैठक राख्न ढिलो गरेपछि समयमै मतदान सुरु हुन नसकेको हो। सोही कारण विद्यार्थी संगठनहरूले विरोध गरेका हुन्।

कतिपयले चुनाव सार्नुपर्ने मागसमेत राखेका छन्। विवाद हुने देखिएपछि यस  क्याम्पसमा प्रहरी परिचालन गरिएको छ । निर्वाचन समितिले ढिलो भए पनि चुनाव हुने बताएकाे छ ।