मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ चैत ३ आइतबार
  • Friday, 28 August, 2026
२o८१ चैत ३ आइतबार १६:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन पसलबाट ७१ लाखभन्दा बढीका गरगहना चोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३ आइतबार १६:३१:oo

महोत्तरीको बलवा नगरपालिका– ३ पडौल बजारस्थित शिवशान्ति ज्वेलर्समा गएराति लाखौँ रुपैयाँबराबरको सुनचाँदीका गहना र नगद चोरी भएको छ।

ज्वेलर्सबाट २० किलो चाँदी र करिब ३५ लाख रुपैयाँबराबर चाँदीका गहना, २० तोला सुनका गहना र  नगद एक लाख ३० हजार नगद गरी कुल ७१ लाख रुपैयाँभन्दा बढीको चोरी भएको पसल सञ्चालकले बताएका छन्।

शनिबार राति भएको उक्त चोरीको घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तलालप्रसाद जयसवारले बताए। घटनाबारे अध्ययन गरिरहेको बताउँदै डिएसपी जयसवारले घटनाको प्रकृति हेर्दा पेसेवर चोर र डाँका गिरोह संलग्न रहेको हुन सक्ने बताए।

उक्त समूहले सिसिटिभीको डिभिआरसमेत चोरेर लगेको ज्वेलर्स सञ्चालक मनरा सिस्वा नगरपालिका– ६ सरपल्लोका अरुण साहले बताए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलसहितको टोलीले अनुसन्धान गरिरहेको छ।