१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्युचाटारस्थित एक घरमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२४:oo

काठमाडौंको नागार्जुन नगरपालिका– ७ स्युचाटारस्थित एक कच्ची घरमा गएराति आगलागी भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर (जस्ताको टहरा)मा राति ९:४० बजे लागेको आगो १०:५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए।

उनका अनुसार साँघुरो ठाउँ भएकाले ठुलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाइ भए पनि चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका छन् । अन्य विभिन्न क्षेत्रका थप चारवटा दमकल आए पनि सडक फराकिलो नहुँदा त्यहाँ जान सकेनन् ।

आगालगीबाट १५ लाखबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगो निभाउन कालीमाटी प्रहरी वृत्तका प्रमुख रूपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो । स्वयम्भू वृत्तका प्रहरी टोलीसमेत परिचालन भएको थियो ।

आगलागीबाट अन्न, काठमा फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुँडा, लत्ताकपडा जलेको छ । विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।