१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा प्रबज्या कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o९:oo

 बुद्धजन्मस्थल लुम्बिनीमा भिक्षु प्रबज्या कार्यक्रम सम्पन्न भएको छ। मायादेवी मन्दिर परिसरमा पाँच सय जनालाई बौद्ध धर्मगुरुहरुबाट चीवर दान गरी सुुरु भएको  क्लपुत्र प्रबज्या पाँच सय नवश्रामणेरलाई प्रमाण पत्र प्रदान गर्दै सम्पन्न गरिएको हो।

थाइल्याण्डको धम्मकाय फाउण्डेशनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा सम्पन्न प्रबज्या समापन समारोहमा  लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले भिक्षु प्रबज्या कार्यक्रमले बौद्ध संस्कृतिको संरक्षण र संवर्द्धन गर्न मात्र नभई विश्वलाई शान्ति र अहिंसाको सन्देश दिन सहयोग पुगेको बताए ।

नयाँ भिक्षुहरुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र  विशेषगरी युवा पुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रबज्या कार्यक्रम महत्वपुर्ण रहेको बताए। बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउँदै उनले शान्तिका लागि बुद्धको सन्देश विश्वभर लैजान विश्व समुुदायलाई आग्रह समेत गरे ।

यसअघि लुम्बिनी परिसरमा भिक्षाटन र लुम्बिनीमा सात हजार दीप प्रज्वलन, देवदह, बुटवल र रामग्राम देखि लुम्बिनी धम्मयात्रा सम्पन्न भएको छ भने शनिबार बेलुुकी भैरहवामा धम्म यात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ। व्यावहारिक, वैज्ञानिक ज्ञान, ध्यान र मैत्री, करुणा बढाउने साधना सिकाउने प्रबज्यामा भिक्षु बन्न इच्छुक व्यक्तिहरु नि:शुल्क सहभागी भएका थिए ।

सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना, सन् २०२३ मा पाँच सय र सन् २०२४ मा १२५० जनालाई प्रव्रज्या गराइएको थियो भने यस वर्ष पाँच सय जनालाई प्रव्रज्या गरिएको छ ।