मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ फाल्गुण २७ मंगलबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण २७ मंगलबार २२:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सालक अनुसन्धाता कुमार पौडेललाई ‘फ्युचर फर नेचर’ पुरस्कार 

पुरस्कार राशी ५० हजार युरो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २७ मंगलबार २२:४७:oo

सालकको संरक्षण एवं अनुसन्धानमा सक्रिय ३३ वर्षीय नेपाली युवा कुमार पौडेलले फ्युचर फर नेचर अवार्ड २०२५ पाउने भएका छन्। नेदरल्यान्ड्सको फ्युचर फर नेचर फाउन्डेसनले पौडेल, एन्थोनी वाडल र रथमेरी पिल्कोलाई उक्त पुरस्कार दिने घोषणा गरेको हो। पुरस्कार आगामी १६ मे मा नेदरल्यान्ड्समा प्रदान गरिनेछ। पुरस्कारको राशी जनही ५० हजार युरो छ।  

ग्रिनहुडका स्थापक तथा निर्देशक रहेका पौडेलले पोखरा विश्वविद्यालयबाट वातावरण विज्ञानमा एमएस्सी र क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका छन्। उनी डेढ दशकदेखि सालकसहित संकटापन्न वन्यजन्तु र वनस्पतीको संरक्षणमा सक्रिय छन्। पौडेल अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)को सालक विशेषज्ञ समूह (एसिया)का उपाध्यक्षसमेत हुन्।