१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

डा.तोसिमा कार्कीको सांसद पद सुरक्षित, निर्वाचन आयोगको निर्णय सर्वाेच्चद्वारा खारेज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

ललितपुरको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको सांसद पद जोगिएको छ। डा.कार्कीले दायर गरेको रिटमा सर्वाेच्च अदालतले उनको पक्षमा फैसला सुनाएको छ। 

डा. कार्की नेपाल मेडिकल काउन्सिलको पदमा रहँदै उम्मेदवार बनेको भन्दै १२ कात्तिक २०७९ मा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। त्यसविरुद्ध उनले रिट दायर गरेकोमा १५ कात्तिकमा सर्वाेच्चले अन्तरिम आदेश दिएपछि उनले चुनाव लड्न पाएकी हुन्। सोही मुद्दामा हाल फैसला आएको हो। 

सर्वाेच्च अदालतका न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले फैसला गरेको छ।