मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

केभिआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र राई र सोनिमा शेर्पा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:५७:oo

ट्रायलमान्डुको आयोजनामा शनिबार भएको एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौँ चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन्।

फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमि दौडअन्तर्गत पुरुषमा लोकेन्द्र राईले निर्धारित दूरी तीन घण्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे। प्रविन ताम्लिङ तीन घण्टा ५७ मिनेट ४० सकेन्ड समय लगाएर उपविजेता बन्दा रामचन्द्र महतारा चार घण्टा ०८ मिनेटमा दौड पूरा गरेर तेस्रो स्थानमा रहे।

महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घण्टा ३ मिनेट ४० सकेन्डमा दौड पूरा गरिन्। यसैगरी, उपविजेतामा चित्त बुझाएकी एनी माइ वानले पाँच घण्टा २२ मिनेट ०८ सकेन्ड समय लगाइन्। अनिशा गुरुङले पाँच घण्टा ५१ मिनेट ४४ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन्।

सो स्टेज रेस च्यालेन्जको पाँचौँ चरणमा २० विदेशीसहित कुल ५६ जना धावकको सहभागिता थियो। नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकहरूलाई पुरस्कार प्रदान गरे।

मञ्जुश्री ट्रेल रेस आगामी चैत १ देखि ३ गतेसम्म हुने आयोजक ट्रायलमान्डुले जनाएको छ।