१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली विद्यार्थीमाथि भएको घटनामा न्यायपूर्ण र वैधानिक समाधान नभए ओडिसामा एनओसी स्थगित गर्ने मन्त्रालयको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५७:oo

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको घटनामा न्यायपूर्ण र वैधानिक समाधान गर्न माग गरेको छ। 

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा न्यायपूर्ण र वैधानिक रूपमा समस्या समाधान नभए भविष्यमा त्यस राज्यका विश्वविद्यालय र शिक्षण संस्थामा अध्ययनको लागि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नै स्थगित गर्ने चेतावनीसमेत दिएको छ।

‘सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विद्यार्थीको विश्वव्यापी मान्यताको विपरीत अध्ययन गरिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरुप्रति भएको व्यवहार निन्दनीय छ,’ मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीले निर्वाध रुपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि कुटनीतिक तवरबाट मन्त्रालयले निरन्तर पहल गरिरहेको छ, उक्त घटनामा सृजित समस्याको न्यायपूर्ण र वैधानिक रुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय÷शिक्षण संस्थानमा अध्ययनका लागि एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यवहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि पनि अनुरोध छ।’

मन्त्रालयले विज्ञप्ति जारी गर्दै विद्यार्थीहरु निर्धक्क भएर अध्ययन र बस्न पाउने अवस्थाको ग्यारेन्टी गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराएको छ। मन्त्रालयले भविष्यमा यस्ता घटना रोक्न र वैदेशिक अध्ययनमा जाने विद्यार्थीको लागि सहायता प्रदान गर्न हेल्प डेक्स पनि स्थापना गरेको छ। उक्त हेल्प डेक्समा विद्यार्थीलाई सहजीकरण गर्न कर्मचारी राजु श्रेष्ठ, देवीराम आचार्य र सपना खड्कालाई तोकिएको छ।