१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यसम्पादन मूल्यांकनमा देशैभरका पालिकामध्ये नेत्रावती डबजोङ गाउँपालिका उत्कृष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

धादिङको नेत्रावती डबजोङ गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा देशैभरका गाउँपालिकामध्ये उत्कृष्ट गाउँपालिका बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा नेत्रावती डबजोङ गाउँपालिका देशभरकै गाउँपालिकामध्ये पहिलो बनेको हो । 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको १७ वटा सूचकको आधारमा नेत्रावती डबजोङ गाउँपालिकाले ७८.२ अंक प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले बताए । ‘नेत्रावती डबजोङ गाउँपालिका बागमती प्रदेशमा पहिलो र देशभरका स्थानीय तहहरूमा तेस्रो बनेको हो । तर, गाउँपालिकामध्ये भने देशभरकै उत्कृष्ट पालिका बनेको हो । नेत्रावती डबजोङ गाउँपालिकासँगै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समान ७८.२ अंक प्राप्त गरेको छ,’ उनले भने । 

यो नतिजाले काम गर्न थप हौसला थपेको नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताए । उनले भने, ‘नागरिकको चाहनाअनुरूप काम गर्दै आएका छौँ । कार्यसम्पादन मूल्यांकनमा पालिकाले उत्कृष्ट नतिजा निकालेको छ । गाउँपालिकावासी, कर्मचारी तथा सबै जनप्रतिनिधिप्रति हार्दिक आभारी छौँ ।’ 
स्थानीय नागरिक, कर्मचारी, जनप्रतिनिधि तथा सहयोगी संघसंस्थाको साथ र सहयोगले यो नतिजा हासिल भएको नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष सीतामाया गुरुङले बताइन् । ‘उत्तरी क्षेत्रमा रहेको नेत्रावती डबजोङ गाउँपालिकामा काम गर्न चुनौतीहरू धेरै नै छन् । सँगसँगै अवसरहरू पनि छन् । यो नतिजा हासिल गर्न सहयोग र भूमिका खेल्नुहुने सबैप्रति सम्मान र धन्यवाद छ,’ उनले भनिन् । 

नेत्रावती डबजोङ गाउँपालिकाले गत वर्ष बेरुजुमा राम्रो काम गरेर उत्कृष्ट बनेको गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङले बताए । नेत्रावती डबजोङ गाउँपालिकाले कार्यसम्पादन, विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा निकै फड्को मारेको छ । उनले भने, ‘कर्मचारीको उत्कृष्ट कार्यसम्पादन र जनप्रतिनिधिहरूको नेतृत्व र समन्वकारी भूमिकाले गाउँपालिका उत्कृष्ट बनेको हो ।’ 

त्यस्तै, धादिङको नीलकण्ठ नगरपालिकाले ७६.५, बेनीघाट रोराङ गाउँपालिकाले ७४.४, गंगाजमुना गाउँपालिकाले ६१.९, गल्छी गाउँपालिकाले ६०.७, ज्वालामुखी गाउँपालिकाले ५९.१, सिद्धलेक गाउँपालिकाले ५७.६, धुनीबेँसी नगरपालिकाले ५५.९, थाक्रे गाउँपालिकाले ५५.६, त्रिपुरासुन्दरी गाउँपालिकाले ५५.३, गजुरी गाउँपालिकाले ५४.४, खनियाँबास गाउँपालिकाले ५२.७ र रुबीभ्याली गाउँपालिककाले ४८.८ अंक प्राप्त गरेका छन् । 

स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ । कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरू माग गर्दछ । त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गर्दै आएको छ ।