१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:o५:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o५:oo

हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको छ। बिहीबार एक भव्य कार्यक्रमबिच हेटौँडालाई नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरेका हुन्।

सिंहले घोषणा सभालाई सम्बोधन गर्दै बालबालिकाको सर्वांगीण विकासको लागि राज्यसँगै परिवारको भूमिका अपरिहार्य रहेको बताए। परिवारबाट पनि बालबालिकाहरूप्रति आफ्नो भूमिका निर्वाह गरी बालमैत्री स्थानीय तह निर्माणको अभियानमा अपनत्व ग्रहण गर्नुपर्ने उनको भनाइ छ।

परिवार पहिलो विद्यालय भएको उल्लेख गर्दै मन्त्री सिंहले परिवारले असल सन्तानसँगै असल नागरिक निर्माणमा जगैदेखि योगदान दिनुपर्नेमा जोड दिए। ‘बालबालिकाको सर्वांगीण विकासमा राज्यसँगै परिवारको ठुलो भूमिका छ। यसलाई सबैले ग्रहण गर्न आवश्यक छ,’ उनले भने, ‘परिवारले नै प्रत्येक बालबालिकालाई एक असल सन्तान र एक असल नागरिक बनाउन भूमिका खेल्न सक्छ।’

मन्त्री सिंहले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सवालमा स्थानीय तहदेखि प्रदेश र संघ सरकारले काम गरिरहेको बताए। संविधानमै बालअधिकारलाई मौलिक अधिकारको रूपमा उल्लेख गरेको जानकारी दिँदै मन्त्री सिंहले तीनै तहका सरकारहरूले अब उपयुक्त योजना र रणनीतिसहित बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणासँगै यसको दिगोपनमा सबै गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।

उनले समाजमा व्याप्त समस्याका बिच एक्सनमा उत्रिएर हेटौँडाले वैज्ञानिक सूचक पार गरेर बालमैत्री घोषणा अभियानलाई सार्थकता दिन सफल भएको भन्दै प्रशंसा पनि गरे। हेटाैँडा व्यवस्थित सहरको रूपमा विकास भइरहेको उल्लेख गर्दै उनले नगरपालिकाबाट विस्तार हुँदै उपमहानगरपालिका र अब महानगरपालिकामा परिणत हुने चरणमा रहेको बताए। हेटौँडा उपमहानगरको विकासमा संघीय सरकार सहकार्य गर्न तयार रहेको मन्त्री सिंहले प्रतिबद्धता पनि व्यक्त गरे।