१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

खानेपानी मन्त्रालयमा भएको आगलागीमा मन्त्री यादवको कार्यकक्षमा पूर्ण क्षति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४३:oo

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीमा मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ। मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो। आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ। मन्त्रीकाे सचिवालयका कर्मचारीले विगतमा पनि कार्यकक्षमा तारहरू जलेर गनाउने गरेको बताएका छन्। 

सिसिक्यामेराको सहयोगमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। प्रहरी वृत्त, अनामनगरले क्षतिको विवरण संकलन गरी मुचुल्का बनाइरहेको छ।