१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o१:१८:oo
Read Time : < 1 मिनेट
अर्थ

गुरु एजुकेसनमा आइतबार ‘एजुकेसन फेयर’ हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o१:१८:oo

बागबजारस्थित गुरु एजुकेसन एन्ड भिसा सर्भिसेसले शैक्षिक मेला आयोजना गर्ने भएको छ। आइतबार बागबजारस्थित कार्यालयमा ‘मल्टी डेस्टिनेसन एजुकेसन फेयर’ गर्न लागेको हो । 

उक्त मेलामा विद्यार्थीले आठ देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग काउन्सिलिङको सुविधा लिन सक्ने गुरु एजुकेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्र मैनालीले बताए । साथै ब्रिटिस काउन्सिल तथा पिटिईका प्रतिनिधिसँग पनि भेटेर छलफल गर्न पाउनेछन् । स्पट अफर, छात्रवृत्ति, भिसा प्रक्रियालगायत  प्रक्रियाको विषयमा सहज रूपमा जानकारी दिन मेला आयोजना गर्न लागिएको सो कन्सल्टेन्सीले जनाएको छ।

मेलामा अस्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा तथा युरोपियन देशका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटेर विद्यार्थीले छात्रवृत्तिलगायत विविध विषयमा जानकारी लिन सक्ने गुरु एजुकेसनले जनाएको छ। एकै स्थानमा विभिन्न देशका विश्वविद्यालयका प्रतिनिधिहरूसँग भेटेर बुझ्दा विद्यार्थीलाई देश र कलेज छान्न सहज हुने भएकाले यस्तो मेला आयोजना गरिएको मैनालीले बताए।