१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:१९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया

रवि लामिछानेलाई छुटाउन लालपुर्जा र चेकसहित पुगे समर्थक(भिडियो) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१९:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको मुद्दामा पनि धरौटीमा छुटेका हुन्। अदालतको आदेशअनुसार ५४ लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन्। 

चितवनको साहारा सहकारीबाट गोर्खा मिडियामा गएको रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई पनि सो सहकारीको ठगीमा प्रतिवादी बनाइएको थियो। उनी बुधबार अदालतमा उपस्थित भएकोमा बयान र छुनछेक बसहपछि धरौटीमा छाड्ने आदेश भएको हो। अदालतपरिसरमा समर्थकहरू लामिछानेलाई छुटाउन भन्दै लालपुर्जा र चेक बोकेर पुगेका थिए।

धरौटीमा छुटेपछि लामिछानेले चितवनवासीले दुई–दुईपटक निर्वाचित गरेकोमा जालझेलपूर्वक आफ्नो सांसद पद निलम्बन गरिएको बताए। चितवनले परिवर्तनको संकेत गरिसकेको र त्यो नरोकिने उनको भनाइ छ। उनले भने, ‘परिवर्तनको जन्म भएरै छाड्छ, चितवनले त्यसको संकेत गरेको छ, व्यक्ति को हुन्छ, त्यसमा मलाई सरोकार छैन, तर चितवनले सुरु गरेको परिवर्तनको सपना, देखेको सपना चाँडै पूरा हुन्छ।’ 

भिडियोः