१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

समाजवादीसँग कुरा नमिलेपछि एमालेमा फर्कँदै वामदेव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:o२:oo

नेकपा(एकीकृत समाजवादी)सँग कुरा नमिलेपछि नेता वामदेव गौतमले एमालेमा फर्कने संवाद अघि बढाएका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर यसका लागि छलफल थालेका छन्।

आइतबार अभियान कार्यसमिति बैठकको निर्णय र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँगको निर्णायक छलफलपछि अन्ततः गौतम एमालेमै फर्किने निर्णयमा पुगेका हुन्। 
यसअघि उनले एकीकृत समाजवादीसँग छलफल गर्दै संगठन विभाग प्रमुख पद मागेका थिए। तर, सहमति नभएपछि एमाले अध्यक्ष ओलीसँग भेट गरेकोमा ओलीले एमालेमै फर्कन भनेका छन्। 

अभियानका सहसंयोजक डिबी कार्कीले प्रधानमन्त्रीसमेत रहेका ओलीले ‘अब आफ्नो घर फर्किने हो, त्यसरी बसेर हुन्न, क–कसको के–के योग्यता, क्षमता छ फर्किएपछि सबै कुरा मिलाउँला,’ भनेका छन्। एमालेबाट खबर आएपछि समायोजन हुने उनी बताउँछन्। एमालेमा कुनै पदबारे भने छलफल भएको छैन। 

०७८ मा पार्टी विभाजनपछि गौतमले अभियान चलाउँदै आएका थिए। ८९ सदस्यीय अभियानको केन्द्रीय तदर्थ समितिमा १९ जनाको स्थायी समिति रहेको छ। एकीकृत समाजवादीसँग वार्तामा रहेका गौतमले वरिष्ठ नेता र संगठन विभाग प्रमुखसहित बाँकी सदस्यलाई पनि केन्द्रीय सदस्यकै हैसियतमा एकता गर्नुपर्ने अडान राखेपछि छलफल अगाडि बढ्न सकेको थिएन। गौतमलाई संगठन विभाग प्रमुख दिन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तयार नदेखिएपछि उनले एमालेमै फर्किन फेरि जोड दिएर प्रधानमन्त्री ओलीसँग भेटेर छलफल गरेका हुन्।

उनकाे अभियानका केही नेताहरूले भने आफूहरू एमालेमा नजाने भन्दै विद्रोह गर्ने घोषणा गरेका छन्।