१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:१९:oo

ग्लोबल आइएमई बैंकको प्रायोजनमा सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (युएई)मा ‘दुई थोपा हाँसो’ कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०२५ को अवसरमा युएईमा बसोवास गर्नुभएका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन, वित्तीय सचेतना अभिवृद्धि एवं जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको हो । 

नेपाली राजदूतावास अबुधाबीको संयोजनमा गैरआवासीय नेपाली संघ युएईको आयोजनामा सिस्नुपानी नेपालका कलाकारको प्रस्तुति रहेको थियो । कार्यक्रम युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा जनवरी १० तारिखमा सुरु गरिएको थियो । यसैगरी, क्लिन्को क्याम्प, सज्जा सारजहाँ र अलकुजको बलेदिया भलिबल ग्राउन्डमा जनवरी ११ तारिखमा गरिएको थियो ।

जनवरी १२ तारिखमा भने इभर सेन्डाई क्याम्प, सोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा सम्पन्न भएको थियो । कार्यक्रममा सिस्नुपानी नेपालका तर्फबाट कार्यक्रम संयोजक तथा सिस्नुपानी नेपालका महासचिव टंक आचार्य, चर्चित हास्यव्यंग्य कलाकार मनोज गजुरेल, गायक धीरेन्द्र पे्रमर्षि, कलाकार चक्र दवाडी र सरोज घिमिरेको उपस्थिति रहेको थियो । 

गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष विकास साहीको अध्यक्षतामा सम्पन्न ती कार्यक्रममा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष एवं संरक्षक ठाकुरप्रसाद ढुंगाना, गैरआवासीय नेपाली संघ मध्यपूर्वका उपसंयोजक तथा गैरआवासीय नेपाली संघ युएईका पूर्वअध्यक्ष रमेश श्रेष्ठलगायत सरोकारवाला संस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो ।

नेपाली रेमिट्यान्समा उल्लेख्य भूमिका निर्वाह गर्ने श्रमशील नेपालीका दुःख–सुखमा ऊर्जा थप्ने उद्देश्यले सिस्नुपानी नेपालले विगत ११ वर्षदेखि यो कार्यक्रम ‘दुई थोपा हाँसो’ गर्दै आएको छ ।