Skip This
५६ जिल्लामा भागबन्डाका आधारमा भूमि आयोगका अध्यक्ष नियुक्त
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:५१:oo
Read Time : > 1 मिनेट
समाचार

५६ जिल्लामा भागबन्डाका आधारमा भूमि आयोगका अध्यक्ष नियुक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:५१:oo

सरकारले ५६ जिल्लामा भूमि समस्या समाधान आयोगका अध्यक्ष नियुक्त गरेको छ । सत्तारुढ दलले भागबन्डाका आधारमा आयोगमा नियुक्ति गरेका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नियुक्त भएका ५६ जिल्लाका भूमि समस्या समाधान आयोगका अध्यक्षहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

कोशी प्रदेशका जिल्ला अध्यक्षहरूमा ताप्लेजुङमा कृष्णकुमार बस्नेत, पाँचथरमा धनकुमार फियाक, इलाममा प्रकाश अधिकारी, सङ्खुवासभामा शङ्करमान कँडेल, धनकुटामा देवमान राई, भोजपुरमा देवीराम चौलागाई, खोटाङमा निर्मल राई, सोलुखुम्बुमा नातीकाजी गुरुङ, ओखलढुङ्गामा पुरुषोत्तम लुइँटेल, उदयपुरमा बलबहादुर तामाङ, झापामा मदनप्रसाद अधिकारी, मोरङमा नवीन पौडेल, सुनसरीमा इन्द्रप्रसाद पोखरेल नियुक्त भएका छन् ।

मधेस प्रदेशका जिल्ला अध्यक्षहरूमा सिराहामा रामअधिन यादव, धनुषामा सुरेशकुमार कोइराला, महोत्तरीमा पीताम्बर महत्तो, सर्लाहीमा मदनबहादुर विश्वकर्मा, बारामा भरतबहादुर घले र पर्सामा तबरेज अहमद  छन्।

यसैगरी, बागमती प्रदेशको दोलखामा राकेश श्रेष्ठ, रामेछापमा गौतमकुमार लामा, सिन्धुलीमा कौशल कोइराला, काभ्रेपलाञ्चोकमा विदुरप्रसाद हुमागाई, सिन्धुपाल्चोकमा ज्ञानेन्द्रबहादुर राउत, रसुवामा जनकराज उपाध्याय, नुवाकोटमा अर्जुनप्रसाद न्यौपाने, धादिङमा हरिप्रसाद पन्त, चितवनमा इमानसिंह मुक्तान, मकवानपुरमा बलराम लामा, भक्तपुरमा दीपक विसुङ्के, ललितपुरमा गणेशकुमार आचार्य र काठमाडौँमा कृष्णजी खड्का छन्।

गण्डकी प्रदेशमा गोरर्खामा राजनराज पन्त, लमजुङमा दामोदर अधिकारी, तनहुँमा गोविन्दराज सिलवाल, कास्की बैनबहादुर गुरुङ, मनाङमा साङ्दो लामा, मुस्ताङमा विशन पुर्जा, पर्वतमा देवेन्द्रराज पाण्डे, म्याग्दीमा खड्क गिरी, बागलुङमा भीमप्रसाद शेरचन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा तारापति खरेलको नियुक्त भएको छ।   
त्यस्तै, लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा लालबहादुर गुरुङ, रुपन्देहीमा कुमार थापामगर, कपिलवस्तुमा झविलाल पोख्रेल, पाल्पामा रामबहादुर कार्की क्षेत्री, अर्घाखाँचीमा यादवप्रसाद घिमिरे, गुल्मीमा कृष्ण सुनार, रुकुमपूर्वमा हरिहर पौडेल, रोल्पामा सिमबहादुर विष्ट, प्युठानमा सुवास केसी, दाङमा हुकुमबहादुर बस्नेत, बाँके घननाथ खनाल र बर्दियामा अरुणप्रकाशसिंह राठोर नियुक्त भएका छन्। 

कर्णाली प्रदेशका रुकुम पश्चिममा शशीराम नेपाली, सल्यानमा वीरबहादुर सेजवाल, डोल्पामा तुलचन्द्र बुढा, मुगुमा रामबहादुर रावत, हुल्लामा नरबहादुर रोकाया, कालीकोट विष्णुबहादुर शाही, जाजरकोटमा सर्पराज रावत, दैलेखमा बरुनाथ योगी र सुर्खेतमा केशरबहादुर ओली अध्यक्ष बनेका छन् ।

सुदूरपश्चिम प्रदेशका जिल्ला अध्यक्षमा बाजुरामा जनकबहादुर रोकाया, डोटीमा डम्बरबहादुर ओली, अछाममा राम आउजी, दार्चुलामा लालसिंह धामी, बैतडीमा रमेशदत्त पाण्डेय, डडेलधुरामा कैलाशकुमार पाण्डेय र कैलालीमा यज्ञराज उपाध्यायलाई आयोगको अध्यक्ष बनाइएको छ।