१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

मन्त्रिपरिषद् बैठकः दुई डिआइजी एआइजीमा बढुवा, दर्जन सचिवहरूको सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:२३:oo

नेपाल प्रहरीमा दुई डिआइजी एआइजीमा बढुवा भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कुबेर कडायत र रवीन्द्र केसीको एआइजीमा बढुवा गरेको हो। 
एक साताअघि बढुवा समितिले उनीहरूको बढुवा सिफारिस गरेको थियो। 

त्यस्तै, बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कृष्णहरि पुष्कर, पर्यटन मन्त्रालयमा विनोदप्रकाश सिंह, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रविलाल पन्थ, युवा तथा खेलकुद मन्त्रालयमा सुमनराज अर्याल, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा लक्ष्मी बस्नेतको सरुवा भएको छ। 

संघीय मामिलाका भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा खटाइएको छ भने गणेशप्रसाद पाण्डेलाई महालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ। प्रदेशका केही प्रमुख सचिवहरूकाे पनि सरुवा भएको छ।

शुक्रबारको मन्त्रिपरिषद्को बैठकले विभिन्न कानुन संशोधन गर्ने गरी अध्यादेश ल्याउने निर्णयसमेत गरेको थियो। जुन निर्णयहरू औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।