१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४६:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४६:oo

मेलमिलाप दिवसमा बिपीलाई कसरी सम्झनु उपयुक्त हुन्छ ?
जुन वेला दक्षिण एसियाली क्षेत्रमै सत्तापलटका ठुलाठुला घटना भइरहेका थिए, रसियाली सत्ताको जगजगी बढिरहेको थियो, त्यस्तो चुनौतीपूर्ण समयमा राष्ट्रिय एकताका खाँचो महसुस गरी आफ्नो ज्यानको जोखिम रहेको अवस्थामै पनि बिपी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो । आफूमाथि आइपर्ने जुनसुकै चुनौती मोल्न तयार भएर उहाँ स्वदेश फर्किंदा कतिले यसको स्वागत गरे भने कतिले यसलाई राजासँगको समर्पणका रूपमा पनि अथ्र्याए । तर, यथार्थमा यो राजासँगको समर्पण थिएन । देश र जनतालाई केन्द्रमा राखेर राष्ट्रियता र प्रजातन्त्रका लागि तत्कालीन परिवेशमा चालिएको साहसिक कदम थियो । 

बिपीको यो विचारको सन्दर्भमा कांग्रेस कहाँ छ ?
बिपीको लोकतान्त्रिक विचार र पद्धतिबाट कांग्रेस विचलित भएको छैन । तर, बिपीको समाजवादी चिन्तनका सन्दर्भमा भने पार्टी नेतृत्व पटकपटक चिप्लिएको छ । कांग्रेसले समाजवादी विचारलाई सही ढंगबाट आत्मसात् गर्न सकेको भए ०५२ मा सुरु भएको माआवादीको सशस्त्र द्वन्द्वलाई पनि केही हदसम्म ‘न्युट्रलाइज’ गर्न सकिन्थ्यो भन्ने लाग्छ । पार्टीभित्रको समग्र मेलमिलापमा भने पार्टीले धेरै गर्न बाँकी नै छ । मेलमिलाप भनेको समर्पण होइन, सहयात्रा हो, एकअर्काको विविधतापूर्ण विचारको सम्मान हो । मैले भनेकै ठिक हो भन्ने दम्भले मेलमिलाप हुन दिँदैन ।

वर्तमानमा मेलमिलापको नीति कति सान्दर्भिक छ ?
अहिले आममानिसमा निराशा र असन्तुष्टि चुलिएको छ । देश सजिलो स्थितिमा छैन । त्यसैले, पनि सबै शक्ति मिलेर यस्तो चुनौतीको सामना गर्नुको विकल्प छैन । त्यसैले बिपीले उतिवेला अँगालेको मेलमिलापको अहिले पनि उत्तिकै सान्दर्भिकता छ ।