मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २० बिहीबार
  • Tuesday, 14 January, 2025
२o८१ मङ्सिर २० बिहीबार २१:२७:oo
Read Time : < 1 मिनेट
समाचार

स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाइ एकाइ गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २० बिहीबार २१:२७:oo

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुनासो सुनुवाइ एकाइ गठन गरेको छ। आमनागरिकका समस्या सुन्न र समाधान गर्न डा. अनुप बाँस्तोलाको संयोजकत्वमा यस्तो एकाइ गठन भएको हो। 

 उक्त एकाइमा संयोजक बाँस्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र सूचना अधिकारी सदस्यको रूपमा रहेका छन्।

 स्वास्थ्य मन्त्रालय र मातहत निकायहरुको काममा सेवाग्राही तथा सरोकारवालाको गुनासो सुनुवाइ गर्न, सुझावहरूको कार्यान्वयन र जिज्ञासाको सम्बोधन गर्न उक्त एकाइ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। 

 स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यही मंसिर १६ गते गुनासो सुन्ने एकाइ गठन गर्ने निर्णय गरेका थिए। एकाइले सेवाग्राहीबाट प्राप्त गुनासो संकलन गर्ने, गुनासो सम्बोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेस गर्ने जनाइएको छ। रासस