१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार

ललितपुर महानगरपालिकाद्वारा स्वास्थ्य स्वयंसेविकालाई सम्मान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o५:oo

ललितपुर महानगरपालिकाले २१औँ राष्ट्रिय महिला सामुदायिक स्वयंसेविका दिवस, ०८१ को अवसरमा स्वास्थ्य क्षेत्रमा काम गर्दै आइरहेका स्वयंसेविकाहरूलाई सम्मान गरेको छ। महानगरपालिकाले पुल्चोकमा बिहीबार आयोजना गरेको कार्यक्रममा सबै २९ वडाका स्वयंसेविकाहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको हो।

महानगरले उत्कृष्ट काम गर्ने वडागत स्वयंसेवकको टिमलाई २० हजारदेखि एक लाखसम्म नगद र प्रमाणपत्रबाट सम्मान गरेको छ। लामो समय स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गरेर अवकाश पाएका १० भन्दा बढी स्वयंसेविकालाई जनही एक लाख नगदसहित बिदाइ पनि गरेको छ। महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वयंसेवकको टिमले पनि एउटा शक्तिको रूपमा स्वास्थ्य क्षेत्रमा काम गरेको बताए। ‘कोभिड, डेंगुलगायत महामारीजन्य रोग नियन्त्रणमा स्वयंसेवकहरूको भूमिका अतुलनीय छ, उहाँहरूकै कारण हामीले स्वास्थ्यमा राम्रो काम गर्न सकेका हौँ,’ उनले भने, ‘स्वयंसेविकासँग सहकार्य गरेर काम गर्दा धेरै सजिलो भइरहेको छ।’

उनले स्वयंसेविका कोषमा महानगरपालिकाले नौ लाख दिने घोषणा गर्दै प्रभावकारी रूपमा काम गर्न आग्रहसमेत गरे। महानगरपालिकाका–९ का वडाध्यक्ष राजु महर्जनले स्वास्थ्य स्वयंसेविकाको टिमले महानगरपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सहयोग गरेको र सरुवा रोग नियन्त्रणमा मुख्य भूमिका निर्वाह गरेको बताए। ललितपुर महानगरपालिकाभित्र ६६९ स्वयंसेवक छन्।