मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यापन अनुमतिपत्र नक्कली भेटिएपछि ६ महिना कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o३:oo

स्थायी अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) नक्कली भेटिएपछि विशेष अदालतले एकजनालाई सजाय सुनाएको छ। ब्रह्मदेव यादवको हकमा विशेषले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २५ असारमा नक्कली प्रमाणपत्र शीर्षकमा मुद्दा दायर गरेको थियो। यसमाथि सुनुवाइ गर्दै विशेषका न्यायाधीशत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले ठहर हुने फैसला गरेको हो।

यादवले धनुषाको गणेशमान चारथान नगरपालिकाको बरमझियास्थित एक विद्यालयमा ०६३ सालदेखि नक्कली लाइसेन्स पेस गरी राहत कोटामा नियुक्ति लिएका थिए। उजुरी परेपछि अख्तियारले छानबिन गरी मुद्दा दायर गरेको थियो।