मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्राइम बैंकले पाँच प्रतिशत नगद लाभांश दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१८:oo

प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश (करसहित) दिने भएको छ।

बुधबार आर्मी अफिसर्स क्लब भद्रकालीमा सम्पन्न बैंकको सत्रौँ वार्षिक साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तावित प्रस्तावलाई अनुमोदन गरेको हो। बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपैयाँ छ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड (१८.९२ प्रतिशत) वृद्धि गरी कुल रु. १ खर्ब ९३ अर्ब तथा निक्षेपतर्फ ३६ अर्ब ९४ करोड (२०.६९ प्रतिशत) वृद्धि गरी कुल रु. २ खर्ब १५ अर्ब ५१ करोड पुर्‍याएको जानकारी दिए।

बैंकले सञ्चालन मुनाफामा पनि गत वर्षभन्दा १७.७२ प्रतिशतले वृद्धि गरी कुल रु. सात अर्ब ५१ करोड आर्जन गरेको छ। 

साधारणसभामा सेयरधनीहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले बैंकले प्रतिकूल परिस्थितिबिच निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिसन आम्दानी एवं गैरकोषमा आधारित अन्य आम्दानीसमेतमा उल्लेखनीय वृद्धि गर्दै लगेको बताए।