१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४६:oo

कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गरेकाे भन्दै प्रहरीले गोरखाका नवराज अर्याललाई नियन्त्रणमा लिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले टेलिभिजनबाट अर्यालको अभिव्यक्ति जारी भएपछि मंगलबार सोधपुछ गरेर हाजिरी जमानीमा छाडेको थियो।

सिआइबीले थप अनुसन्धानका लागि बुधबार अर्यालदम्पती र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सिआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुटा हुन्,’ उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्यालदम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याएका छौँ।’

आफू खानेपानी विभागको सवारीचालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको वेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुटाे विवरण अन्तर्वार्तामा दिएको प्रहरीको भनाइ छ।