मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o७:३७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

२५ वर्षदेखि अनुत्तीर्ण भएका कक्षा ११ र १२ का विद्यार्थीका लागि मौका परीक्षा हुँदै

२७ मंसिरसम्म सम्बन्धित विद्यालयमा फाराम बुझाउनुपर्ने, वैशाखमा परीक्षा हुने

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३७:oo

कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि एकपटक मौका परीक्षा सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २५ वर्षयता कक्षा ११ र १२ अनुत्तीर्ण भएका तथा अनुत्तीर्ण भएर बिचमै पढाइ छाडेकाका लागि यस्तो मौका दिन लागेको हो । वैशाखमा मौका परीक्षा सञ्चालन हुनेछ । 

महाश्रम शर्मा, अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड
अब सबैतिर नयाँ कोर्समा पढाइ हुँदैन, पुरानो कोर्सको परीक्षा सञ्चालन गर्न गाह्रो हुन्छ, त्यसैले अहिले मौका परीक्षा सञ्चालन गर्न लागेका हौँ ।

परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका र मौका परीक्षामा सहभागी हुन नपाएकाका लागि व्यवस्था गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनका अनुसार साबिकउच्च माध्यमिक परिषद् हुँदादेखि नै अनुत्तीर्ण हुनेहरूमौका परीक्षामा सामेल हुन पाउनेछन् ।

बोर्डले सूचना जारी गर्दै ०५६ यता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षामा सहभागी हुन अनुरोध गरेको छ । कम ग्रेड आएर उच्च शिक्षा हासिल गर्न नसकेका,फाराम भरेर अनुपस्थित भएका, मौका परीक्षा दिन नपाउने गरी धेरै विषय लागेर अनुत्तीर्ण भएकालगायत सबैखाले विद्यार्थी अब हुने मौका परीक्षामा सहभागी हुन पाउनेछन् । यो मौका अन्तिमपटक भएको बोर्ड अध्यक्ष शर्माले बताए । 

कक्षा ११ मा मौका परीक्षा दिन चाहनेले पुरानो रजिस्टे«सन नम्बर हेर्नुपर्ने शर्माको भनाइ छ । जसमा कक्षा ११ र १२ को रजिस्ट्रेसन नम्बरको सुरुको दुई अंक ५६ हुनुपर्नेछ । मौका परीक्षामा सामेल हुन विद्यार्थीले आफूले पढेको विद्यालयमा सम्पर्क गर्नुपर्नेछ । ‘हाम्रो रेकर्डमा परीक्षामा अनुत्तीर्ण भएका, परीक्षामा सहभागी हुन नपाएका, प्रयोगात्मक परीक्षाको नम्बर नपुगेका विद्यार्थी धेरै हुनुहुन्छ,’ उनले भने, ‘यो परीक्षामा धेरै विद्यार्थी सहभागी हुने अनुमान गरेका छौँ । अब सबैतिर नयाँ कोर्समा पढाइ हुँदैन, पुरानो कोर्सको परीक्षा सञ्चालन गर्न गाह्रो हुन्छ, त्यसैले अहिले मौका परीक्षा सञ्चालन गर्न लागेका हौँ ।’

बोर्डले २७ मंसिरसम्म सम्बन्धित विद्यालयमा फाराम बुझाउन विद्यार्थीलाई अनुरोध गरेको छ । फाराम शुल्क एक हजार रुपैयाँ कायम गरिएको छ । परीक्षा दिँदा आफूले जुन विषय वा पाठ्यक्रम पढेको हो त्यहीअनुसार नै दिनुपर्नेछ । तर, विद्यार्थीले २०–२५ वर्षअघिको पुरानो परीक्षा दिनका लागि पाठ्यक्रम खोज्न र अध्ययन गर्न भने कठिन हुनेछ । पाठ्यक्रम विकास केन्द्रले हरेक १० वर्षको अन्तरमा सबै पुस्तकको पाठ्यक्रम परिमार्जन गर्छ ।