१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Monday, 07 July, 2025
गणेश लम्साल विराटनगर
२o८१ कार्तिक २३ शुक्रबार १७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवारमा एमालेबाट तीनजना सिफारिस

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १७:५o:oo

मोरङको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनका लागि एमालेले अध्यक्षका उम्मेदवारमा तीनजनाको नाम सिफारिस गरेको छ। १६ मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटी मोरङले तीनजनाको नाम प्रदेश समितिमा सिफारिस गरेको हो।

गाउँपालिकाबाट सिफारिस भएका ११ जनामध्येबाट तुलसी विश्वास, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको एमाले मोरङ इन्चार्ज जीवन घिमिरेले बताए। घिमिरेका अनुसार जिल्लाले पठाएको नामका आधारमा २४ कात्तिकमा बस्ने कोशी प्रदेश समितिको बैठकले उम्मेदवार टुंगो लगाउनेछ।

नेपाली कांग्रेसले पूर्वमहासमिति सदस्य बलराम सरदारलाई सर्वसम्मत अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले अझै नाम सिफारिस गरेको छैन।

ग्रामथान गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको १० माघ २०८० मा ब्रेन ह्यामरेजका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।