१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

मनाङे भन्छन्– फैसलाको पूर्णपाठ आएपछि आफैँ अदालतमा उपस्थित हुन्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफैँ अदालतमा उपस्थित हुने बताएका छन्।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मनाङेले फैसलाको पूर्णपाठ लिखित रूपमा आफूले प्राप्त गरेपछि स्वयं अदालतमा उपस्थित हुने बताएका हुन्।

सर्वोच्चले गत मंगलबार ज्यान मार्ने उद्योगमा पाटन उच्च (तत्कालीन पुनरावेदन) अदालतको फैसला सदर गरेको छ। उच्चले मनाङेलाई २८ साउन ०६९ मै ज्यान मार्ने उद्योगमा दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो ।  त्यसविरूद्ध उनी सर्वाेच्च गएका थिए।

सर्वोच्चको फैसला आएको दिनदेखि नै सञ्चारमाध्यमहरूबाट तारन्तार फोनकल आएकाले मोबाइल बन्द गरेको उनले जानकारी दिएका छन्। यही विषयलाई लिएर केही सञ्चारमाध्यमले भ्रामक समाचार सम्प्रेषण गरेको जिकिर गर्दै उनले आपत्ति जनाएका छन्।

‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरूबाट तारन्तार आइरहेका कलहरूले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु। यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरूमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको छु। यसमा मेरो आपत्ति छ,’ मनाङेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।