१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format ११:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लाङटाङको लिरुङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४९:oo

लाङटाङको लिरुङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नम्बर बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्का तेस्रोपटकको हवाई खोज उद्धारबाट फेला परेका हुन् ।

समुद्र सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको लिरुङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोँचमा वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेला पारेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।

ती पर्यटकको शव परीक्षणका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ। उनीसँगै गएका चेकरिपब्लिकका राहदानी नम्बर ४६१५६३३०९१  वर्ष ५० का मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए ।

ठमेलस्थित काठमाडौं ट्रेकिङ कम्पनीमार्फत पठाएको पर्यटकलाई हिमालमा पठाउँदा न्यूनतम मापदण्ड पूरा गरे–नगरेको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।