१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format o९:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सलाहको लिभरपुलमा सम्झौता सकिँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२१:oo

सलाह र क्लबबिचको सम्झौता नौ साता बाँकी छ, तर अहिलेसम्म लिभरपुलले मुख्य खेलाडीसँगको सम्झौता नवीकरण गर्ने वा नगर्ने स्पष्ट पारेको छैन

इजिप्टका स्ट्राइकर मोहमद सलाह र लिभरपुलबिचको सम्झौता सकिँदै छ । नौ सातापछि इंग्लिस प्रिमियर लिग (इपिएल)को नयाँ सिजन सुरु हुँदै छ । यस अवधिमा लिभरपुल र सलाहबिचको सम्झौता नवीकरण हुन्छ वा हुँदैन भन्ने चासोको विषय बनेको छ । ब्राइटनविरुद्ध विजयी गोल गर्दा सलाहले त्यति खुसी मनाएनन् । बेलायती एजेन्सीहरूका अनुसार क्लबले उनीसँग सम्झौता गर्ने सम्भावना कम छ ।

सलाह मात्र नभएर डिफेन्डर ट्रेन्ट एलेसान्दर अनान्डो र भर्गिल भान डिर्कका पनि सम्झौता सकिँदै छन् । पछिल्लो समयमा यी तीनजना खेलाडीले लिभरपुलबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । युरोपियन च्याम्पियन्स लिग र इपिएलमा लिभरपुलले उपाधि दाबेदार प्रस्तुत गरिरहँदा सलाह, अनाल्डो र भान डिर्कको प्रदर्शन मुख्य मानिन्छ । अब दुई महिनापछिको उनीहरूको भविष्य लिभरपुलमा निश्चित नभएको एजेन्सीहरूको दाबी छ । लिभरपुलले सम्झौता नगरेको खण्डमा खेलाडीलाई ‘खेलाडी किनबेच विन्डो’मा खुला राख्न सक्छ ।

गत वर्षसम्म खेलाडीसँगको सम्झौता नवीकरणमा यस्तो समस्या आएको थिएन । यसै सिजनमा लिजेन्ड प्रशिक्षक जर्गेन क्लोपले क्लब छाडेपछि क्लबमा यस किसिमको अन्योल सिर्जना भएको हो । ‘तालिकामा लिभरपुलमाथि छ, तर अन्तिम दिन एक क्लब मात्र च्याम्पियन बन्नेछ,’ सलाहले सोसल मिडियामा भनेका छन्, ‘यो वेला हामी पनि च्याम्पियन बन्ने दौडमा छौँ, सबै समर्थकलाई धन्यवाद छ ।’ सलाहले घुमाउरो रूपमा लिभरपुलमा अन्तिम वर्षजस्तै भावना व्यक्त गरेका छन् ।

सलाह लेख्छन्, ‘एन्डफिल्डमा यस किसिमको वातावरणलाई कहिल्यै भुल्न सक्दिनँ, जबजब मैले लिभरपुलका लागि गोल गर्थेँ, समर्थकको ताली सधैँ पाएँ ।’ म्यानचेस्टर सिटीका पूर्वडिफेन्डर मिचा रिचार्डले लिभरपुल र सलाहबिच दुई वर्षको सम्झौता हुन सक्ने दाबी गरेका छन् ।  ‘मेरो जानकारीमा उनीहरूबिच दुई वर्षको सम्झौता हुन सक्छ, अहिले क्लब सार्वजनिक गर्ने पक्षमा छैन,’ रिचार्डले भने, ‘तर, सम्झौता रकममा केही समस्या आएको देख्छु ।’

लिभरपुलको नजरमा सलाह महत्वपूर्ण खेलका गोल स्कोरर हुन् । सलाहले पनि चिरपरिति प्रतिद्वन्द्वीविरुद्ध आकर्षक खेल मात्र देखाउँदैनन्, गोल पनि गर्छन् । ‘एक विश्वस्तरीय खेलाडीको खुबी नै शान्त रहेर विपक्षी पोस्टमा गोल गर्नु हो,’ रिचार्डले भने, ‘औसत र र राम्रा खेलाडीबिचको भिन्नता यही नै हो ।’ 

लिभरपुलबाट २ सय २० गोल
लिभरपुलले इटालीको सिरिए क्लब रोमाबाट सन् २०१७ मा सलाहलाई भिœयाएको थियो । अहिलेसम्म लिभरपुलबाट सबै खाले प्रतियोगितामा गरी उनले २२० गोल गरेका छन् । उनले इंग्लिस प्रिमियर लिगमा मात्र १६२  गोल गरेका छन् । लिभरपुलको इतिहासमा इपिएलमा सर्वाधिक गोल गर्ने सूचीमा उनी पाँचौँ स्थानमा छन् । विली लिडेलभन्दा आठ गोलले उनी पछाडि छन् । मैदानमा सधैँ गोल गर्न तयारी अवस्थामा रहने सलाहले सन् २०१४–०१६ सम्म चेल्सीमा आबद्ध भएका थिए । चेल्सीमा उनले दुई वर्ष बिताउँदा १३ खेलमा दुई गोल गरेका थिए । त्यसपछि लोनमा उनी फ्लोरिन्टा र रोमामा पुगे । 

सात वर्षभित्र लिभरपुलबाट उनले ४८ पटक विजयी गोल गरेका छन् । ‘लिभरपुलका लागि सलाह विशेष खेलाडीमै पर्छन्, यसपटक मात्र उनले विजयी गोल गरेका होइनन्, कुनै पनि समयमा उनले गोल गर्न सक्छन्,’ रिचार्डले भने । एन्डफिल्डमा आएपछि उनले प्रत्येक सिजनमा २० भन्दामाथि गोल गरेका छन् । सन् १९९२ पछि इपिएलमा यस्तो सफलता हात पार्ने केवल सात खेलाडी छन् । क्लोपपछि लिभरपुल सम्हालेका अर्ने स्लोटले १५ मध्ये १३ खेलमा जित दिलाएका छन् ।